प्रकाशित मिति : बुधबार, माघ २६, २०७३
मोरङ । मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर आज दिउँसो एक वृद्धको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो ।
मृतक भण्डारीको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij