प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३
सानो पर्दाकी चर्चित नायिका श्रुती उल्फतले सोसल मिडियामा कोब्रासँग फोटो र भिडियो सार्वजनिक गर्नु निकै महँगो साबित भएको छ ।
भिडियो पोष्ट गरेको केही समयपश्चात् उनलाई वन विभागले बुधबार पक्राउ गरेको छ । उनीसँगै एक अन्य नायिका र दुई प्रोडक्सन म्यानेजर पनि पक्राउ परेका छन् । यी तीनलाई वन्य जीव अधिनियम उल्लंघन गरेको भन्दै पक्राउ गरिएको हो ।
यो भिडियो अक्टोबर सन् २०१६ मा सिरियल ‘नाजार्गुन’ को प्रोमोशानका लागि बनाइएको थियो । श्रुतीले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरेकी थिइन् । भिडियो निकै भाइरलसमेत भएको थियो । वन विभागले उक्त भिडियो पहिलो सोसल मिडियाबाट डाउनलोड गरे र त्यसपछि कलिना फोरेन्सिक ल्याब पठाए ।
१७ जनवरीमा वन विभागले पाएको रिपोर्ट अनुसार उक्त सर्प सक्कली नै थियो । रिपोर्टको आधारमा श्रुतीलाई नोटिस पठाइयो । यद्यपी, प्रोडक्सन समूहलाई विश्वास गर्ने हो भने उक्त कोब्रा इफेक्ट्समार्फत बनाइएको थियो जुन जिउँदो सर्प थिएन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij