बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘अपहरित’ भनिएका नाबालक खाल्डोमा भेटिए

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • सिरहा । सिरहाको गोलबजार नगरपालिका ४ कुट्टीटोलबाट बुधबार मध्यान्ह हराएका डेढ वर्षे नाबालकलाई साँझ घरछेउकै खाल्डोमा गम्भिर अवस्थामा भेटिएपछि उपचारका लागि लहान ल्याउने क्रममा मृत्यु भएको छ ।

    स्थानीय दिपक महराका डेढ वर्षीय छोरा प्रभाषकुमार महरा घर नजिकैको खाल्डोको पानीमा तैरिरहेको अवस्थामा भेटिएपछि उद्धार गरी उपचारका लागि लहान लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । त्यसअघि उनलाई गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार गरिएको थियो ।

    इलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायका अनुसार बालक हराएको समचारपछि सोधखोज गर्दा रातो ज्याकेट लगाएका व्यक्तिले दक्षिणतिर लगेको भन्ने सूचनाको आधारमा जिल्लाबाट समेत थप प्रहरी मगाएर सीमा बन्द गरी खोजतलास गरिएको थियो ।

    ‘साँझ घर नजिकै पानीमा तैरिरहेको अवस्थामा भेटिएका उनलाई तत्काल उपचारका लागि लगियो, तर बाँचेनन्’ प्रहरी निरीक्षक उपाध्यायले बताए ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij