बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भारत जान्छ काउली, लेखिन्छ बन्दा

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७३



  • विराटनगर । भारततिर काउली निकासी गर्न लिएर जानुहोस्, सिमानाको क्वारेन्टाइन कार्यालयले वस्तुको नाम बन्दाकोबी लेख्नेछन् । मटरकोसा वा गोलभेडा नै लिएर किन नजानुहोस्, बन्दाकोबी नै टिप्नेछन् ।

    सीमा कटेर भारतीय क्वारेन्टाइन कार्यालयमा पुग्नुहोस्, त्यहाँका कर्मचारी खुसी ‘मुड’ मा भए त्यही नामलाई सदर गर्नेछन् । चित्त बुझेन भने थर्काउनेछन्, ‘यो बन्दाकोबी होइन, फिर्ता लैजानुहोस् ।’

    नेपालका तरकारीजन्य उत्पादनमध्ये भारतले बन्दाकोबी मात्र जान पाउने सूचीमा राखेको छ । त्यसैले जुन तरकारी पठाए पनि कागजमा बन्दा नै लेख्नुपर्ने बाध्यता भएको हो । त्यही कारण तरकारी निर्यात अत्यन्त झन्झटिलोसमेत बन्दै आएको छ ।

    ‘यही नियमका आधारमा भारततिरका कर्मचारीले नेपाली व्यापारीलाई दु:ख दिनु दिन्छन्’, एक निर्यातकर्ताले भने, ‘कहिले यो बन्दा होइन, फिर्ता लैजाऊ भन्छन् । कहिले कोलकाता पुर्‍याएर क्वारेन्टाइन जाँच पास गराएर लेऊ भन्छन् ।’

    क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय झापाका प्रमुख सुखदेव मैनालीका अनुसार भारतले नेपाली कृषि उत्पादन निकासीका लागि ‘अन्तर्राष्ट्रिय मापदण्ड’ भन्दै कडा नियम बनाएको छ । त्यसको दर्जामा नपुगेको भन्दै अधिकांश कृषि उपज निकासीमा नियन्त्रण गरेको छ । तर भारतमा ती उपजको अभाव हुँदा रोकछेक नगरी निकासी हुन दिन्छ । बढी हुँदा रोक्छ ।

    उनका अनुसार केही समयपहिला भारतमा मागअनुसार अदुवा उपलब्ध हुँदा नेपालबाट पठाउन रोक लगायो । त्यसवेला उसले चीनवाट ल्याएर नेपालले भारततिर पठाएको भन्ने आरोप गलायो । पछि जब भारतमा अदुवाको अभाव सुरु भयो, अलब्रिन विषादी (एएलविआरआइएन) परीक्षण गरेर लैजान थाल्यो ।

    पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका निमित्त प्रमुख राजेन्द्र उप्रेतीले निर्यातमा भइरहेको झन्झटले कृषकहरू थप निरुत्साहित बन्ने गरेको बताए । ‘उत्पादन गइरहेका पनि छन्, नियमसंगत पनि छैनन्’, उनले भने, ‘यसले किसान मर्कामा परेका छन् । कूटनीतिक पहलबाट यसलाई सल्ट्याउन पाए सजिलो हुने थियो ।’

    विगतमा नेपालमा उत्पादित ६० भन्दा बढी कृषि उपज सहज रुपमा भारत निकासी हुन्थे । पछिल्लो समय बन्दाकोबी, अम्लीसोको कुचो र अदुवा मात्र निकासी हुन दिने गरिएको छ । यी तीन उत्पादन पनि पेस्ट रिस्क एनालाइसिस गरेर मात्र निकासी अनुमति दिने गरिएको छ । बन्दाकै हकमा पनि कालो कुहिने रोग नभएको हुनुपर्ने उसको मापदण्ड छ ।

    नेपालबाट भारततिर निर्यात हुने अर्को कृषि उत्पादन हो अदुवा । यसमा उसको सर्त छ माटो हुन नहुने । जति सफा गरे पनि खोज्दै जाँदा माटो देखिन सक्ने र त्यही बहानामा दु:ख दिइरहने ती व्यापारीले बताए । ‘उसले चाहँदा माटैसँग लान्छ’, तिनले भने, ‘नचाहँदा रोक्छ ।’

    भारतको नक्सालबाडीमा अदुवा सफा गर्ने मेसिन राखिएको छ । स्रोतका अनुसार त्यहीं सफा गरेर भारतीय लेबलसहितको प्याकिङ गरिन्छ र देशभरि पठाइन्छ । कुचो निकासी गर्दा झारको विऊ नभएको हुनु पर्ने प्रावधान राखेको छ ।

    नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल अदुवा उत्पादक संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खडाले नेपालवाट निकासी हुने कृषिजन्य उत्पादनको सेम्पलिङ र क्वारेन्टटाइन परीक्षणमा भारतीय पक्षले अनेकन झन्झट दिएर रकम असुली गर्ने गरेको आरोप लगाए ।

    उनले भारतीय पक्षबाट मोटो रकम लिने गरेको बताए । ‘ठूलो मात्रामा रकम तिरेपछि पनि भारतलाई आवश्य छैन भने निकासी गर्ने अनुमति दिंदैन । उसकहाँ अभाव छ भने मात्र लैजान अनुमति दिन्छ । यो समस्याबाट मुक्तिका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्छ । अहिले नेपाली किसान मारमा छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij