मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

निःशुल्क मुटु र मिर्गोला जाँचमा तीन सयले सेवा लिए

  • प्रकाशित मिति : शनिबार, माघ २९, २०७३



  • काठमाडौँ ।  राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घको आयोजनामा आज रासस परिसरमा भएको निशुल्क मुटु र मिर्गौला परिक्षणमा झन्डै तीन सय जनाले जाँच गराएका छन् ।

    राससको आसन्न ५६आँै वार्षिकोत्सवको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखा र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँको संयुक्त सहयोगमा भएको सो निशुल्क परिक्षणमा राससभित्रका पत्रकार, कर्मचारी र उनका परिवार तथा विभिन्न सञ्चारमाध्यामका पत्रकारहरुले स्वास्थ्यपरीक्षण गरिएका थिए ।

    वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमलाल वैद्य, डा उर्मिला शाक्य, डा लक्षेश्वर प्रधान शाह, डा ज्योत्स्ना पराजुली, डा प्रज्ञा सिलवाल, डा भरोसा शर्मा र डा अपूर्व श्रेष्ठको टोलीले २८८ जनाकोे मुटु परीक्षण गर्नुभएको थियो ।

    जसमध्ये चारजना बालबालिकाको मुटुमा समस्या देखिएकोले थप उपचारका लागि सिफारिस गरिएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालय काडमाडौँका ल्याब टेक्निसियनद्वय राजकुमार मिश्र, भोलानाथ पौडेल र रुपा बुढाथोकीले १९३ जनाको मिर्गौला परीक्षण गर्नुभएको थियो । त्यसैगरी १३४ जनाले मधुमेह रोगको जाँच गराउनुभएको थियो । जाँच गराएकामध्ये अधिकाश युवामा उच्च रक्तचापको समस्या देखिएको छ ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान काठमाडौँ शाखाका अध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले मुटुरोगका कारण बर्सेनि धेरै मानिसले ज्यान गुमाएको भन्दै मुटुरोग नै नलाग्ने गरी अगाडि बढ्न अहिलेको आवश्यकता रहेको बताए ।

    उनले  युवा र महिलामा धेरै मुटुरोग हुने गरेको बताउँदै यो रोगप्रति सचेत भई जीवनशैलीमा र खानपानमा ध्यान दिन आग्रह गरे ।

    ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij