प्रकाशित मिति : शनिबार, माघ २९, २०७३
कालिकोट । जिल्लाको अधिकांश लेकाली क्षेत्रहरुमा पाईने राष्ट्रिय पूmल लालिगुँरास यस बर्ष माघमै फुलेर लटरम्मै भएको छ । विगतका बर्षहरुमा फागुनको अन्तिम सातादेखी फुल्न सुरु गर्ने र चैतमा वनभरी गुराँश फुल हुने गरेपनि यस बर्ष भने माघमा फुलेर अस्थाउन थालेको हो ।
जिल्लाका बिभिन्न स्थानमा पाईने घनघोर जंङगलहरुमा बसन्त ऋतुको आगमनसँगै वनभरी रातै हुनेगरी फुल्ने लालीगुँरास यस बर्ष माघमै फुलेपछि स्थानिय नागरिक अचम्ममा परेका छन् । फागुन महिनाको अन्तिम साताबाट भिरपाखाहरुमा लटरम्मै फुल्ने लालीगुँरास अहिले वन बिनासका कारण बिरलै मात्रामा पाईने गरेको र एक महिना अघिनै फुल्न थालेको मान्मा गाविस वडा नं. ८ निवासी स्थानिय भानु पाण्डेले बताए ।
कालिकोट जिल्लाको ३० वटै गाविससका लेकाली क्षेत्रहरुमा प्रयाप्त मात्रामा फूल्ने लालीगुँरास स्थानिय समुदायहरुले खाना पकाउन दाउरा, दही मही बनाउने ठेकी, गोरु जोत्नको लागि जुवा लगायतका कामका प्रयोग गर्ने गरिन्छ ।
गुँरासको काठबाट बनाईएको ठेकीमा भैसीको महि बनाउदाँ स्वाद राम्रो हूने र गुँरासको काठबाट बनाईएका कोईलाले फलामका भाँडा निर्माण गर्ने, आरन संचालन गर्नेहरुलाई यसको कोईलाबाट राप बढी प्राप्त हुने बताईएको छ ।
गँुरासको दाउराको प्रयोगबाट अन्य प्रजातिका बिरुवाहरुको दाउराको तुलनामा राप बढी लाग्ने, ताप शक्ति गुँरासको कोईलामा अत्याधिक हुने र गुँरासको रुखको हाँगाबाट बिभिन्न कृषि औजारहरुको बिँड बलियो हुने भएकाले यसको प्रयोग तिब्र भईरहेको नानिकोटका स्थानिय बिरबल बुढाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij