आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सलबलाउन थाले राजधानीमा गुन्डा : दरबारमार्गमा झडप

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • काठमाडौं ।  प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।

    डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् ।  काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ ।

    गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो । कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए ।

    प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ । दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij