प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३
सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहरबाट एक युबक घाइते भएका छन् । सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चोकमा आइतवार बिहान करीब १० बजे अज्ञात समुहको गोली प्रहरबाट मझौलीया गाविसको अरंग बस्ने अन्दाजी २९ बर्षीय लालुखान घाइते भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा आएका व्यक्तिहरुले खानमाथि गोली प्रहर गरेको जनाएको हो ।
मोटरसाइकलको नम्वर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते खानको दाहिने खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । घाइते खानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहर गर्नेहरुको खोजी कार्य तिव्र पारीएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij