बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

खोकनावासी भन्छन्–‘हाम्रा समस्या पनि हेरिदेऊ’

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • ललितपुर । ललितपुरको खोकनाबासीले राष्ट्रिय गौरवका योजनामा प्राथमिकता दिएजस्तै सो क्रममा प्रभावित हुने समुहको समस्याममा पनि ध्यान दिनुपर्ने भन्दै सरकारसंग मुआब्जा रकम बढाउन माग राखेका छन् ।

    राष्ट्रिय गौरवको आयोजना मध्येको काठमाडौँ–तराई जोड्ने द्रुतमार्ग निर्माण हुने भएपछि ललितपुरका खोकनावासी खुसी भएपनि सरकारले आफ्ना समस्यामा चासो नदेखाएको भन्दै अहिले दुख व्यक्त गर्न थालेका छन् ।

    निर्माण हुने द्रुतमार्गले खोकना लगायत त्यस आसपासमा पर्ने १४ सय रोपनी क्षेत्रफल, त्यस क्षेत्रको सांस्कृतिक सम्पदा तथा कृषियोग्य भुमिमा पार्ने प्रभावको सही आकलन सरकारबाट नभएपछि स्थानीय चिन्तित बनेका हुन् ।

    विभिन्न क्षेत्र हुँदै अघि बढ्ने द्रुतमार्गले सांस्कृतिक पर्वहरु गरिने स्थानलाई असर पुर्याउने भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    खोकना जनसरोकार समुहका अध्यक्ष रविन्द्र महर्जनले फास्ट ट्रयाक, आउट अफ रिङरोड, बागमति करिडोर लगायत ५ वटा योजना संचालन एकिकृत रुपमा गर्नुपर्ने तथा न्यायोचित मुआब्जा दिनुपर्ने माग खोकना बासीको रहेको बताए ।

    द्रुतमार्ग निर्माण हुने कार्यविनायक नगरपालिका अन्तर्गतका खोकना, बुंग्मती, सैबु क्षेत्र भएर निर्माण हुने थाहा पाएपछि हर्षीत भएका स्थानीय सरकारले उचित मुआब्जा नदिएपछि चिन्तित बनेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij