बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अमेरिकी यूनिभर्सिटीको उत्कृष्ट एजेन्ट सूचीमा पोखराका किंग्स् र मिराकल

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १, २०७३



  • काठमाडौ । अमेरिकाको भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीले छनौट गरेका नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरु मध्ये दुई वटा पोखराका परेका छन् । पोखराको किंग्स् ईन्स्टिच्यूट र मिराकल इन्स्टिच्यूट यूनिभर्सिटीको सूचीमा परेका हुन् । त्यस्तै उत्कृष्ट तीन मध्ये काठमाण्डौको डल्फिन कन्सल्टेन्सी पनि परेको छ ।

    काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आईतबार आयोजित एक विशेष समारोहबीच यूनिभर्सिटीले नेपालका उत्कृष्ट ३ शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान गरेको हो । भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीको एजेन्ट को–अर्डिनेटर अहोइपा अलियोले नेपालका तीन उत्कृष्ट शैक्षिक परामर्श केन्द्रहरुलाई सम्मान प्रदान गरेका थिए ।

    पोखराका दुई शैक्षिक परामर्श केन्द्र किंग्स् इन्स्टिच्यूटका कार्यकारी अध्यक्ष महेश भण्डारी र मिराकल कन्सल्टेन्सीका निर्देशक रवि भण्डारीले सम्मान ग्रहण गरेका थिए । त्यस्तै डल्फिन एजुकेशनका प्रतिनीधिले सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा भर्जिनिया इन्टरनेशनल यूनिभर्सिटीका लागि नेपालबाट शैक्षिक परामर्श दिने सम्पूर्ण प्रतिनीधिहरु उपस्थित थिए ।

    त्यस्तै अर्का सम्मानित संस्था मिराकल इन्स्टिच्यूटका निर्देशक रवि भण्डारीले सम्मानप्रति खुशी व्यक्त गरे । उनले भने–‘मिराकलले शैक्षिक परामर्शको क्षेत्रमा पछिल्लो समयमा गरेको व्यवसायिक सफलतालाई यो सम्मानले पुष्टि गर्छ । अझै व्यवसायिक भएर अगाडि बढ्नको लागि सम्मानले हौसला प्रदान गरेको छ ।’

    सम्मानित पोखराका यी दुई शैक्षिक परामर्श केन्द्रहरुमध्ये किंग्स् इन्स्टिच्यूटले विगत १० वर्षयता यूनिभर्सिटीसँग सहकार्य गरिरहेको छ भने मिराकलले २ वर्षदेखि गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij