बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

खोटाङमा भूकम्पपीडितको नाम घट्ने

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३



  • खोटाङ । भूकम्पपछिको पुनःनिर्माणका लागि खोटाङका एक नगरपालिका र ३५ गाविसको सर्वेक्षणका काम सकिएको छ ।

    एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका दिक्तेल नगरपालिका तथा ३५ गाविसका भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सम्पन्न भएको हो ।

    भूकम्पपीडितको लगत सङ्कलनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खटाएका ३४ जना इन्जिनियरमध्ये १८ इन्जिनियरले आफ्नो काम पूरा गरेको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालयका प्रमुख शिवनारायण महतोले बताए । “अठार इन्जिनियरले आफ्नो काम पूरा गरेको क्लियरेन्स लिइसकेका छन् ।”
    जिल्लाका १३ हजार ७९९ पीडितमध्ये हालसम्म दश हजार ६०० बढी भूकम्पपीडितको लगत सङ्कलन र प्रमाणीकरणका काम सकिएको छ । भूकम्प गएको १९ महिनापछि खोटाङमा पुनःनिर्माणका लागि सर्वेक्षणका काम सुरु गरिएको हो ।

    कतिपय भूकम्पपीडितको नाम दोहोरिएको, एउटै परिवारको क्षति दुई जनाको नाममा परेको लगायतका कारण भूकम्पपीडितको नाम केही घट्ने अनुमान गरिएको छ । पीडितको नामावली सङ्कलन, प्रमाणीकरणलगायतका काम सकिएलगत्तै अनुदान सम्झौताको काम तत्काल सुरु गरिने जनाइएको छ ।

    गाविस सचिवमार्फत अनुदान सम्झौता गरेर जिविसमार्फत कोलेनिकामा पठाइएपछि चेक तयार पारेर अनुदान सम्झौता, नागरिकता र फोटोसहित बैंक पुगेका पीडितले पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र अन्तिममा एक लाख गरी तीन लाख अनुदान पाउने छन् ।

    गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनःनिर्माणका प्रारम्भिक चरणका काम १३ दिन ढिला गरी पुस २८ गतेदेखि सुरु गरिएको थियो ।

    यसअघि नै बनिसकेका घर तथा राहत पाइसकेका पीडितलाई पनि मापदण्ड पुगे अनुदान प्रदान गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij