बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

साहुको ऋण नतिर्ने महिला जेल चलान

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३



  • महोत्तरी । महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

    जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताएका छन् ।

    औरही–९ बस्ने साहु रामदिनेश सिंहसित लिएको कर्जा चुकाउन नसक्दा महिला यादवमाथि साहु सिंहले महोत्तरी जिल्ला अदालतमा मुद्दा दिएकामा अदालतले उनलाई २०६९ असार २८ गतेका दिन १० महिना कैद तोकिएको थियो । तर महिला यादव सोही बेलादेखि फरार रहँदै आएकी थिइन् ।

    यसैबीच प्रहरीले उनलाई शनिबार उनको घरैबाट पक्राउ गरी आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएकामा अदालतले उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय जलेश्वरमा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij