प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
काठमाडौ । कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्य साथ नेपालमा पहिलो पटक बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुने भएको छ । आगामी फागुन ६ गते देखि तीन दिन सम्म राजधानीको भृकुटीमण्डमा हुन लागिरहेको अन्तराष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजार देखि नया कृषि प्रविधि राखिने छ ।
मिडिया स्पेश सोलुसन प्रा लिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा पहिलो पटक नेपालमा बृृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी हुनलागेको जनाएको हो ।
प्रर्दशनीमा नेपाल, भारत , मलेसीया , चीन ताईवपान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका दुई सय कक्ष रहनेछन् । प्रर्दशनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग सम्बन्धी प्रविधिका स्टल राखिनुको साथै आधुनिक कृषि सम्बन्धी जानकारीमुलुक गोष्ठी समेत संचालन गरिने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij