प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
ओखलढुंगा । ओखलढुंगाको रावादोलुमा स्काभेटरले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सडक सफा गर्ने क्रममा रावादोलु पुगेको स्काभेटरले ठक्कर दिँदा खिजीफलाटे २ का स्थानिय ज्ञानबहादुर सुनुवारको घटनास्थलमै मृत्यु भएको हो । सुनुवारले मंगलबार बिहान सडक सफा गर्दै गरेको स्काभेटरलाई आफ्नो घडेरी खनाउन लगेका थिए ।
घडेरी खार्नेक्रममा स्काभेटर चालकलाई खन्ने स्थान देखाउन लाग्दा स्काभेटरको बकेटले लागी उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनापछि थप अनुसन्धानका लागी प्रहरी टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख मिलन केसीले बताए ।
त्यस्तै ओखलढुंगाको सदरमुकामस्थित दशहाते चोकमा मंगलबार दिउँसो बोलेरो जीप दुर्घटना हुदाँ एक पैदलयात्री घईते भएका छन् । बोलेरो सडकबाट झन्डै २ मिटर माथिको एक मोटरसाईकल वर्कशपमा ठोकिन पुगेको थियो । दुर्घटनाका बिषयमा थप अनुसन्धान गर्न बोलेरो चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij