मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

लामो समय एन्टिबायोटिक खादा के हुन्छ ?

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • —लामो समयसम्म एन्टिबायोटिक सेवनले साइडइफेक्ट निम्त्याउने चेतावनी चिकित्सकहरूले दिँदै आएका छन् । सबैभन्दा गम्भीर पाटो यो हो कि यस्ता औषधिको सीधा असर दिमागमा पर्छ । पछिल्लोपटक फ्रान्सको बर्लिनस्थित म्याक्स डेलब्रक सेन्टर फर मलिक्युलर मेडिसिनले पनि रिसर्चपछि यो कुराको पुष्टि गरेको छ ।

    —‘दिमागलाई तेज राख्न शरीरमा स्वस्थ ब्याक्टेरिया आवश्यक पर्छ,’ रिसर्चबारे जर्नल सेल रिपोर्टले लेखेको छ, ‘एक विशेष प्रकारको प्रतिरक्षा कोषिकाले ब्याक्टेरिया र दिमागबीच मध्यस्थताको काम गर्छ । शरीर र दिमागबाट निस्किने हर्मोनले सीधा कोषिकाको सम्पर्कको सहाराबाट एक–अर्काबीच सम्बन्ध कायम गर्छन् ।

    —यो रिसर्चले एन्टिबायोटिकको सहारा लिनेको शरीरको माइक्रोबायोम (शरीरमा रहेका जीवाणु) नष्ट हुने दाबी गरेको छ । मुसालाई प्रयोग गरेर एन्टिबायोटिकको असरबारे रिसर्च गरिएको हो । एन्टिबायोटिक नदिइएका मुसाको तुलनामा एन्टिबायोटिक दिइएका मुसाको मस्तिष्कको हिप्पोक्याम्पसमा निकै कम संख्यामा मस्तिष्क कोषिका निर्माण भएको थियो ।

    —एन्टिबायोटिक खुवाइएपछि कम कोषिका निर्माण भएका मुसामा दिमागी क्षमता कमजोर देखिएको रिसर्चले देखाएको छ । मान्छेमा पनि यो कुरा लागू हुने रिसर्चमा संलग्न विज्ञहरूको दाबी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij