शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • तडी  । जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।

    कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका प्रमुख विनोद कुँवरले जानकारी दिए ।

    विगत एक महिनादेखि घाम लागेको समयमा लाइन आउने साँझ बिहान मोबाइल सेवा अवरुद्ध हने गर्दछ उनले भने, ‘बादल लागेको दिन त फोनै लाग्दैन,’ हाल एक महिनादेखि मोबाइलमा लाइन आउने जाने क्रम चलेपछि हैरान बनाएको समेत कुवाकोटका रामप्रसाद पन्तले बताए ।

    टेलिकमलाई टावर मर्मतको लागि आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको कुवाकोट–२ सल्लेली गाँउका मानबहादुर साउदले बताए । ‘टावरमा खराबी आएपछि कुवाकोट, हाट, मल्लादेही, न्वादेउ, भटना, महादेवस्थान, भूमिराजलगायतका एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij