प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३
पर्सा । प्रहरीले वीरगन्जको रजतजयन्ति चोकबाट तस्करीको चाँदी सहित एक जना कारोबारीलाइ पक्राउ गरेको छ । प्रहरीले पाँच किलो पाँचसय ग्राम चाँदीसहित वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ३ छपकैयाका बाबुलाल साहलाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले रजतयन्ति चोकमा चेकजाँचका क्रममा साहलाइ चाँदी सहित पक्रेको जनाएको छ ।
साह भारतको रक्सौलबाट बा २४ प १४२ नम्बरको मोटरसाइकलमा चाँदी लिएर नेपाल आउदै गरेकाथिए । चेकजाँचका क्रममा साहको शरिर र मोटरसाइलको सिटमुनि लकुाएर राखिएको अवस्थामा चाँदीका विभिन्न गरगहना बरामद गरिएको प्रहरी उपरिक्षक गोविन्द साहले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
पक्राउ परेको चाँदी र मोटरसाइकल सहित साहलाइ आवश्यक कार्वाहीका लागि बुधबार राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयामा पठाइएको प्रहरी उपरिक्षक साहले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij