प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३
काठमाडौँ । विदेशी मुद्रा १३ हजार १ सय ८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
राईले आफ्नो हाते झोलामा किताबभित्र लुकाइछिपाइ लैजान लागेको अवस्थामा जाँचका लागि एक्सरे गर्ने क्रममा उक्त मुद्रा फेला परेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij