आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

खानेपानीको व्यवस्थापनका लागि यस्तो छ विज्ञको सुझाव

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • काठमाडौं । विज्ञहरुले पानीको उचित व्यवस्थापनका लागि कानुनी आधार तयार गर्न सरकारलाई सुझाव दिएका छन ।
    विज्ञहरुले खानेपानीकै अभाव हुने गरी गतिविधि भईरहे पनि त्यसलाई रोक्ने कानुनी व्यवस्था हुन नसकेकोमा सरकारको ध्यानाकर्षण समेत गराएका छन ।

    काठमाडांैंमा बुधबार आयोजित पानीको उचित व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै जलस्रोतविद् शेरसिंह भाटले पानीको प्रयोग विभिन्न क्षेत्रमा हुने गरेपनि त्यसबाट प्रतिकूल असर हुन नदिन सरकारले कुनै कदम चाल्न नसकेको आरोप लगाए ।

    उनले जलविद्युत आयोजना निर्माणको कामले खानेपानीका उपभोक्ताको अधिकार हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी सरकारले कानुन ल्याउने पर्ने आवश्यक्ता औल्याए ।

    कार्यक्रममा बोल्दै अर्का जलस्रोतविद् अजय दीक्षितले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यको अभावमा नेपालमा पानीको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गरे ।

    उनले सरकारले सन् २०२० भित्र ४ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएपनि त्यसलाई साकार पार्न चुनौति रहेको उल्लेख गरे ।

    हरेक आयोजना निर्माणमा सरकारले स्थानीय जनतालाई चिढयाउने नीति लिएकाले विद्युत उत्पादनमा गुणात्मक बृद्धि गर्ने सरकारको योजना पुरा हुन नसक्ने उनको भनाई छ ।

    कार्यक्रममा रासायनिक मलको प्रयोगले पनि नेपालमा खानेपानीको व्यवस्थापनमा चुनौति थपिदिएको भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij