शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फेसबुकमार्फत यौनधन्दाको नयाँ सञ्जाल

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काठमाडौं । महानगरीय अपराध महाशाखामा २१ बर्षीया युवती उजुरी लिएर आइन् । अपरिचित युवकले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताव राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो ।

    सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लागेको बताए । त्यसपछि प्रहरीले अश्लील नामको फेसबुक अकाउन्टतिर अनुसन्धान थाल्यो । उत्त अश्लील अकाउन्ट २ बर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीमा लेखापलको काम गर्ने सुरज बस्नेतले चलाएका रहेछन् ।

    अनौठो त के भने, यौनधन्दाकै सञ्जाल फैलाउनकै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ ।

    जहाँ विभिन्न २३ वटा युवतीका फोन नम्बर सार्वजनिक गरिएको छ । उनले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्दै सूचना दिन्थे । बस्नेत आफै पनि कैयन युनतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरुलाई यौन सम्बन्धको लागि बाध्य बनाउने गरेको अनुसन्धानले देखाउँछ ।

    फेसबुकमार्फत यौनधन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो र खतरनाक भएको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij