प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३
काठमाडौं । जल तथा मैसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम आशिंक बदली देखिएको छ । यो क्रम आगामी शुक्रबारसम्म हुन सक्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
हिजो पनि राजधानीमा आशिंक बदली देखिएको थियो । आशिंक बदली हुँदा सामान्य पानी पर्न सक्ने कँडेलले जानकारी दिइन् । यस अवधिमा ठूलो बर्षा भने हुनेछैन ।
काठमाडौ.को भिजिबिलिटी ६ किलोमिटर रहेको छ । चिसो घट्ने समय हुन थाले पनि आशिंक बदलीका कारण तापक्रम विस्तारै घटेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij