प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३
काठमाडौं । सरकारले फागुन १७ देखि मुलुकभरबाट २० बर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार उपत्यकाभित्र २५ सय र बाहिर त्यति नै संख्यामा सार्वजनिक गाडी विस्थापित हुनेछन् ।
विभागले २० बर्षे पुराना सवारी साधन सडकमा गुडे नगुडेको निगरानी गर्न विभागका निर्देशक चन्द्र फुयाँलको संयोजकत्वमा ट्राफिक प्रहरीसमेत सम्मिलित १४ सदस्यीय निरीक्षण तथा अनुगमन समिति गठन गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij