प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३
राजविराज । सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः दिनेशकुमार यादव निर्वाचित भएका छन् ।
गएराति अबेर सम्पन्न मतगणना परिणामअनुसार उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी सुरेन्द्रप्रसाद यादवलाई १५७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सुरेन्द्रप्रसाद यादवले २८२ मत प्राप्त गरेका थिए । यसअघि पनि पार्टीका जिल्ला अध्यक्ष पदमा दिनेशकुमार यादव नै थिए ।
यसैगरी आदिवासी जनजातितर्फ बृजमान तामाङले ४८४ मत, चुलहाई मण्डलले ५५०, गन्सु चौधरीले ४६४, खड्कनाथ चौधरीले ४७२, रामप्रसाद चौधरीले ४७१ र विनोद चौधरीले ४७३ मत प्राप्त गरी विजयी भएका छन् ।
महिलातर्फ आठ सिटका लागि भएको निर्वाचनमा दिलकुमारी चौधरीले ४३९, उपमा देवले ३९३, किरणकुमारी यादवले ४६१, रीता शर्मा यादवले ४१८, रञ्जनादेवी दासले ४०४, संसारीदेवी चौधरीले ३९८, अम्बिकादेवी चौधरीले ३७२ र चन्द्रिका यादवले ३९० मत ल्याएर विजयी भएका छन् ।
यस्तै मुस्लिमतर्फ दुई सिटका लागि भएको निर्वाचनमा मो सुलेमान मियाँ ३३१ र मो आकुफ ३४५ मत प्राप्त गरेर विजयी भएका छन् ।
त्यस्तै दलिततर्फ राजेन्द्र राम ४१३, सकलदेव राम ३८७, रामस्वागत विश्वकर्मा ३००, हरि राम ३२१, सिकिन्द्र पासवान ३६५ र बेचनीदेवी सरदार ३५७ मत प्राप्त गरी विजयी भएको सो पार्टीले जनाएको छ ।
एकाउन्न सदस्यीय नयाँ जिल्ला कार्यसमितिका लागि १५ जना सदस्य यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij