बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

भीरमा गाडी खस्दा चालकसहित तीनको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • जुम्ला । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए ।

    नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएकोे थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र एक महिला गरी चार जना सवार रहेको प्रहरीले जनाएको छ ।

    मृतकको शव स्वास्थ्य परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइने तयारी भइरहेको जिप्रका जुम्लाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij