बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तीन दिनदेखि जिविस र नगरपालिका बन्द

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • उदयपुर । स्थानीय निकायका कर्मचारीको आन्दोलन र विभिन्न मागको कारण उदयपुरमा तीन दिनदेखि जिविस र नगरपालिका पूर्णरुपमा बन्द हुन पुगेको छ ।

    जिविस र नगरपालिका बन्द हुँदा अहिले दैनिक विभिन्न सरकारी कामको सेवा लिन जाने सोवाग्राही जनता भने सम्बन्धित कार्यालयमा पुगेर रित्तै फर्कन थालेका छन् । सुरुमा हातमा कालोपट्टि बाँधेर विरोध जनाएर आफ्नो माग राख्दै आएका स्थानीय निकायका कर्मचारी अहिले दैनिक कार्यालय नै बन्द गराएर आन्दोलनमा उत्रिन परेको आन्दोलनमा आबद्ध कर्मचारी बताउँछन् ।

    स्थानीय निकायअन्तर्गत जिल्लाका नगरपालिका, जिविस र गाविसका समेत रहँदै आएका अस्थायी र करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने र अन्य सेवासुविधाको समेत राज्यले व्यवस्था गर्न पर्ने आफूहरुको १३ बुँदे माग रहेको कुरा आन्दोलनरत कर्मचारी सङ्घका उदयपुर अध्यक्ष भूपध्वज रायमाझीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij