प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
कमल खड्का , रसुवा । भुकम्प पछि रसुवाको ठुलो स्याफ्रुमा सञ्चालन गरिएको ४५ दिने डकर्मी तालिम फागुन ५ गते सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति रसुवाले सञ्चालन गरेको तालिममा २१ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागि भएकाहरुलाई प्रविधि समेत हस्तान्तरण गरिएको छ । वरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालको अनुसार तालिम सञ्चालनको क्रममा स्याफ्रु–३ गरघ्याङको एकल महिला मेन्दो वुरी तामाङको घर निमार्ण गरिएको छ ।
भुकम्प गए यता रसुवा लगाएत भुकम्प अति प्रभाबित जिल्लामा बेरोजगर युवा लक्षित गरि बिभिन्न संघ सस्थाले पुन निर्माणका लागि युवा लक्षित कार्यक्रम अन्तरगत सिकर्मी, डकमी तालिम सञ्चालन गर्दै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij