प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
बैतडी । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पीपलकोट मावि उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको असारमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलेले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई शुक्रबारसदरमुकाम गोठलापानीबाट पक्राउ गरिएका हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij