आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धुलो नियन्त्रण गर्ने मेलम्ची खानेपानी निर्देशनालयको प्रतिबद्धता

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्देशनालयले उपत्यकामा बढ्दै गईरहेको धुलो नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको छ ।

    खानेपानी पाईपलाईन बिस्तारका कारण उपत्यकाको हावा प्रदुषण हुँदै गईरहेका बेला निर्देशनालयले त्यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जनाएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले खानेपानीको पाईप लाईन विस्तारको क्रममा उडेका धुलो नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    उनले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यका भित्र्याउने क्रममा पाईप लाईनको विस्तारको काम भईरहेको र त्यसबाट हुने प्रदुषण कम गर्न पाईप लाईन विस्तारको कामलाई रातको समयमा गर्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पारे ।

    निर्देशनालयले सर्वसाधारणलाई पर्ने कठिनाई कम गन एक पटकमा सय मिटर मात्रै सडक खन्ने व्यवस्था पनि गरेको छ । त्यसै गरी मुख्य सडकमा खनिएका ट्रेन्चहरु पुरेर तत्काल सडक पुनस्र्थापना गर्ने र यसो गर्दा पाईप राखेको ८ घण्टा भित्रै सडक सुचारु हुने मापदण्ड पनि तय गरिएको छ ।

    खानेपानीको पाईपलाईन विस्तार सम्पन्न भएपछि सडक सरसफाई गर्न पनि निर्देशनालयले सम्बन्धित निकायलाई सचेत गराएको छ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी वितरणका लागि पाइप लाईन विस्तार गर्ने क्रममा उपत्यकामा अत्याधिक वायु प्रदषण हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij