प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
दक्षिण कोरियाको अग्रणी व्यापारिक घराना सामसुङका उपाध्यक्ष ली जाय योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । देशकै सबैभन्दा ठूलो राजनीतिक भ्रष्टाचारको काण्डमा संलग्नताको आरोपमा उक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको छ ।
शुक्रबार बिहान सोलका न्ययाधीशले लीको पक्राउका लागि सहमति दिएका थिए । ली अब अदालतको निर्णय नआउञ्जेल हिरासतमै बस्नुपर्ने छ ।
अभियोग पक्षका वकिलहरुले लीले निलम्बित राष्ट्रपति पार्क गुई हेको पक्षमा दशौं लाख डलर दिएको र आफ्नो कम्पनीका लागि सरकारी समर्थन प्राप्त गरेको दावी गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij