बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

युवा परिचालन गर्न रेडक्रस गोष्ठी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३



  • काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखा मातहत रहेका १९ उपशाखामा कार्यरत युवा स्वयम्सेवीलाई बन्द, हडताल, विपद् र आपत्कालीन अवस्थामा सशक्त रुपमा परिचालन गर्ने उद्देश्यले शुक्रबार ‘रेडक्रस अभियानमा युवा’ विषयमा गोष्ठी आयोजना गरियो ।

    रेडक्रसका गणबहाल, सीतापाइला, ब्रह्मटोल र चन्द्रागिरि उपशाखाको संयुक्त आयोजनामा भएको गोष्ठीमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रतिनिधि अमरदीप सुनुवार, रेडक्रस केन्द्रीय कार्यालयका जुनियर युवा रेडक्रस विभागका बालकृष्ण सेढाईं र सङ्गठन विभागका नारायण लामिछानेले रेडक्रस गतिविधिमा युवाको भूमिका तथा सङ्गठनको सुदृढीकरणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

    गोष्ठीमा काठमाडौँभित्रका १० उपशाखाका पदाधिकारीको सहभागिता थियो ।
    रेडक्रसका सात सिद्धान्तको वाचन गरी प्रारम्भ गरिएको उक्त गोष्ठी विपद्का बेला युवालाई परिचालन हुन ,उत्प्रेरणा दिन र विशेष मार्ग निर्देश गर्न सफल भएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij