शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जेट एयरवेजले ल्यायो प्रिपेड ग्लोबल पास, के छ यसको फाइदा ?

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३



  • काठमाडौं । भारतको प्रमुख अन्तर्राष्ट्रीय एयरलाइन्स जेट एयरवेजले प्रिपेड जेट ग्लोबल पास नामक योजना सार्वजनिक गरेको छ । यो पासबाट यात्रुले सो एयरलाइन्सको ६६ आन्तरिक तथा अन्तर्राष्ट्र्ीय गन्तव्यहरुमा भ्रमण गर्नसक्ने छन् ।

    उक्त प्रिपेड पास इकोनोमी र प्रिमियर गरी दुइ प्रकारमा उपलव्ध छन् । तिनको मूल्य क्रमशः भारु ५२,६७३ तथा ११९,३१२ तोकिएको छ । बुकलेटका रुपमा उपलव्ध प्रत्येक पासमा चारवटा प्रिपेड कुपन रहेको हुन्छ । बराबर भ्रमण गर्ने, जुनसुकै बेला अचानक भ्रमण गर्ने, तथा अन्तिम समयमा भ्रमण कार्यक्रम हेरफेर गर्नुपर्ने यात्रुहरुका लागि यो पास योजना विशेष उपयोगी सिद्ध हुने एयरवेजको विश्वास छ । यसले सिजनल रुपमा हुने मुल्यबृद्धिको असर यात्रुलाई पर्ने छैन किनकि यात्रुले कुपनमा उल्लेख भएको भाडा भुक्तानी गरे पुग्छ ।

    यसका अतिरिक्त यात्रुले २० केजीसम्म सामान (लगेज) लग्न पाउनुका साथै उडानको तीन घन्टा अगाडि टिकट रद्द गर्दा क्यान्सिलेसन चार्ज नलाग्ने तथा उडान मिति परिवर्तन गर्दा अतिरिक्त जरिबाना तिर्नु पर्नेछैन । पाससँग आउने कुपन आफन्त वा साथीभाइलाई स्थानान्तर पनि गर्न मिल्नु यस योजनाको अर्को उल्लेखनीय विशेषता हो । खरीद गरेको मितिले छ महीना सम्म म्याद रहने यो प्रिपेड पास एयरलाइन्सको कार्यालय, ट्रभल एजेन्सी वा सिधै विमानस्थल काउन्टरबाट पनि प्राप्त गर्न सकिन्छ ।

    गुणस्तरमा उत्कृष्टताका साथै विश्वका अग्रणी एयरलाइन्सहरुसँगको आवद्धताले गर्दा जेट एयरवेजले आफ्नो यात्रु संख्यामा उल्लेखनीय बृद्धि गर्न सफल भएको तथा यात्रुवर्गको सुविधामा अधिकतम ध्यान पु¥याई यात्रालाई अझ बढी सुखद बनाउन निरन्तर प्रयत्नरत रहेको जानकारी एयरवेजले गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij