बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

हुलाकका कर्मचारी भन्छन् – कामै भएन, घाम तापेर बस्नुपर्ने अवस्था छ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३



  • झापा  । हुलाक कार्यालयका कर्मचारीहरुले कामै नभएको गुनासो गरेका छन ।
    जिल्ला हुलाक कार्यालय झापाका कर्मचारीहरुले आफैंले कामै नभएकाले घाम तापेर बस्नु पर्ने अवस्था आएको बताएका हुन् ।

    कुनै बेला व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना बाहकको रुपमा रहेको हुलाक कार्यालय अहिले कामविहिन बन्दै गएको यो बलियो प्रमाण हो ।
    विक्रम संवत १९३५ सालदेखि केन्द्रदेखि गाउँ, टोल हुँदै घर–घरसम्म सूचना बाहकको जिम्मेवारी पाएको हुलाक कार्यालय सूचना, संचार र प्रविधिको विकाससँगै बेकामे बन्दै गएको छ । समय बदलिए पनि सरकारले सोही अनुसारको कार्य दिन नसक्दा हुलाक कार्यालयहरु काम विहिन बन्न पुगेका हुन । १७ वटा इलाका र ३७ वटा अतिरिक्त हुलाक रहेको झापाका अधिकांश हुलाक कार्यालयहरुमा सरकारी चिठीपत्र तथा डकुमेन्टस्हरु मात्रै आउने र पठाउने काम हुने गरेको छ । व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि हुलाक पुग्ने सेवाग्राहीको संख्या ज्यादै न्युन छ । कार्यालय समयमा अधिकांश हुलाकका कर्मचारी हाजिर गरेर घर फर्किन्छन् भने कार्यालयमा रहेका कर्मचारी गफ गरेरै समय बिताउने गरेका छन् । कामै नभएपछि घाम तापेर समय बिताउनु परेको उनीहरुले स्विकार गरेका छन ।

    देशभर ७० जिल्लामा हुलाक कार्यालय छन् । ८ सय ४२ वटा इलाका हुलाक कार्यालय र ३ हजार ७४ वटा अतिरिक्त हुलाक रहेका छन् । जसमा करिब २० हजार कर्मचारी छन् । झापामा मात्रै दरबन्दीका १ सय ८१ कर्मचारी छन् । जिल्ला हुलाक कार्यालय झापाका प्रमुख रामहरी खतिवडाले हुलाकका कर्मचारी फुर्सदिला भएको स्विकार गरे ।
    उनले तल्लो तहसम्म संरचना भएको हुलाक र यसका कर्मचारीलाई सरकारले सदुपयोग गर्ने समय आएको पनि स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij