बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बाजुराका जनता भवन निर्माण कार्यालयसँग किन असुन्तष्ट भए ?

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३



  • बाजुरा । सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन् ।

    भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माण कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन् ।

    जिल्लाका काँडा, डोगडीलगायतका गाविसमा निर्माण भएका स्वास्थ्य चौकीका भवन सात वर्ष बढी बितिसक्दा पनि अझै पूरा नभएको र अन्य जिल्लाको पानी निकास हुने ढलको मनोमानी रुपमा सर्भे गरी निर्माण कार्य थालेको भन्दै डिभिजन कार्यालय डोटीका प्रमुख झपडसिंह विश्वकर्मालाई गुनासो सुनाएका थिए ।

    शनिबार जिल्लाको भवन निर्माण डिभिजन कार्यालय बाजुराका लागि आएका भवन निर्माण र लागतका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको औपचारिक भेटघाट कार्यक्रममा जिल्लाको रकम सही सदुपयोग नहुनुका साथै समयमै भवन निर्माण नभएकोमा उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले गुनासो गरे ।

    सदरमुकाम मार्तडीको पानी निकास हुने नहर र कोल्टी बजारका लागि नहर बनाउने ठेका भइसकेका छन् । जिल्ला अस्पतालमा भवन नहुँदा बिरामी सास्ती भोग्दै आएकोमा ५० श्ययाको भवन निर्माणका लागि छिटो पहल गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर मोहन नाथले माग गरे ।

    जिल्लामा आएको गत आवको रकम समेत सही सदुपयोग नभएको र जिल्लाको भवन निर्माणका लागि बनेको गुरुयोजना कार्यान्वयन नभएको पदम बडुवालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij