प्रकाशित मिति : सोमवार, फाल्गुन ९, २०७३
दोस्रो विश्वयुद्धमा जुन फोनमार्फत लाखौं मानिसहरुलाई हत्याको आदेश दिइएको थियो, हिटलरको त्यहि फोन २ लाख ४३ हजार डलर (२ करोड ५७ लाख) मा बिक्रि भएको छ । सन् १९४५ मा दोस्रो विश्वयुद्धमा जर्मन सेनाहरु हारेपछि नाजी तानाशाहको बर्लिनस्थित बंकरबाट उक्त फोन बरामद गरिएको थियो ।
यो फोनलाई लिलामी गर्नका लागि आयोजना गर्ने एलेक्जेन्डर हिस्टोरिकल अक्सनले यो फोनको मूल्य २ देखि ३ लाख डलरबिच आँकलन गरिएको थियो । यसको सुरुवाती बोली १ लाख डलर राखिएको थियो । यद्यपी, लिलामी घरले सबैभन्दा बढी बोली लगाएर यो फोनलाई खरिद गर्ने व्यक्तिको पहिचान भने खुलाएको छैन । मेरिल्याण्डको यो कम्पनीले एक हजारभन्दा बढि यस्ता ऐतिहासिक वस्तुको लिलामी गरेको छ जसमा यो फोनसँगै चीनियाँ माटोले बनेको एक अल्सेशियन कुकुरको मूर्ती पनि समावेश छ जुन २४ हजार ३ सय डलर बिक्रि भयो ।
७० वर्ष पुरानो यो सिमेन्स रोटरी फोनमा एक स्वस्तिक र चिलको निशाना बनेको छ । यो फोन हिटलरको नाजी जर्मनीको आम्र्ड फोर्सेजबाट पाइएको थियो । एलेक्जेन्डर हाउसले यो फोनलाई ‘संसारको सबैभन्दा विध्वंसकारी हतियार’ बताएको छ जसका कारण लाखौं मानिसहरुको मृत्यु भएको छ । विश्वयुद्धको अन्तिम दुई वर्षमा हिटलरले आफ्नो अधिकांस आदेश यसै फोनमार्फत दिने गरेको बताइएको छ । केही रुसी अधिकारीहरुले यो फोन ब्रिटिश ब्रिगेडियर राल्फ रोनलाई दिएका थिए जो जर्मनीको आत्मसमर्पणको ही समयपछि हिटलरको बंकरको निरिक्षण गर्न गएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij