प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३
काठमाडौं । राजधानीको गोंगबुस्थित नयाँ बसपार्कको मुहार फेरिने भएको छ । अस्तव्यस्त, फोहोर र असुरक्षित मानिने देशकै ठूलो यो बसपार्कलाई व्यवस्थित मात्र होइन, अत्याधुनिक र सुविधासम्पन्न बनाउन लागिएको छ ।
बसपार्कको रेखदेशख तथा व्यवस्थित गर्न महानगरपालिका र लोत्से बहुउदेश्यीय प्रालिबीच २०७२ मा नयाँ सम्झौता भएको महानगरका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले बताए ।

सम्झौताअनुसार प्रालिले अन्तराष्ट्रिय स्तरको बसपार्क चार बर्षभित्र बनाउनुपर्ने छ । बसपार्कलाई सबै दृष्टिले सुन्दर बनाइने बताइएको छ । बसपार्कलाई हेर्ने दृष्टिकोणमात्र होइन, मुहार नै फेर्ने काम भइरहेको प्रालि अध्यक्ष दिपक कुँवरले बताए ।
हाल चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी साधन अट्ने गरी निर्माण गरिने, सात तले व्यापारिक भवन सहित बाल उद्यान, यात्रुका लागि वेटिङरुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि निर्माण गरिने छ । उच्च स्तरका होटल तथा रेस्टुरेन्ट समेत सञ्चालन गरिने छ ।

टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको समेत व्यवस्था गरिनेछ । बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij