शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दैनिक ६ लाखको मोवाईल हराउँछ: किन भेटिदैनन् ? यस्तो रहेछ कारण

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३



  • काठमाडौं । भवन अभावमा महानगरीय प्रहरी परिसर टेकुले अस्थायी टेन्टमार्फत सेवा दिइरहेको छ । परिसरभित्रको एउटा टेन्टको नाम हो–मोबाइल शाखा । सेवाग्राहीलाई घुम्दै सेवा दिने भएका कारण यसको नाम मोबाइल शाखा राखिएको भने होइन । यो त हराएका र चोरी भएका मोबाइल खोज्नका लागि परिसरले जुराएको शाखाको नाम हो, जहाँ उपत्यका १४ वटै वृत्तमा पर्ने मोबाइल हराएका निवेदनहरु आउँछन् । कति निवदेन यो शाखामा नै आउँछन् ।

    माछापोखरीका छिरिङ तामाङ २१ हजार पाँच सय पर्ने मोबाइल हराएपछि बिलखबन्दमा परेका छन् । आइतबार महानगरीय प्रहरी परिसरको काठमाडौंको मोबाइल शाखामा पुगेका तामाङलाई आफ्नो मोबाइलको जति माया छ, त्यो भन्दा धेरै चासो भने त्यसमा रहेको तस्बिर, सूचना र अन्य जानकारीहरुको छ ।

    शाखाको तत्थ्याङ्ले देखाउँछ काठमाडौंमा हराउने र चोरी हुने मोबाइलको संख्या ठूलो छ । शाखाका अनुसार प्रत्येक दिन औसतमा काठमाडौंबाट २४ वटा मोबाइल हराउने र चोरी हुने गर्छन् । जबकि भेटिने मोबाइलको संख्या भने औसतमा दुई वटा पनि छैन । शाखाका अनुसार हराउने वा चोरी हुने मोवाइलको औसत मूल्य २५ हजार रुपैयाँ छ । जस अनुसार औसतमा दैनिक ६ लाख रुपैयाँ बराबरको मोवाईल हराउने र चोरी हुने गर्छन् ।

    आर्थिक बर्ष ०७३,७४ मा मात्रै ८ हजार ६ सय १६ मोबाइल हराएको उजुरी परिसरमा परिसकेको छ । जबकि त्यो बीचमा ६ सय ६१ मोबाइल मात्र भेटिएका छन् ।
    शाखा सम्हालिरहेका सबइन्स्पेक्टर राजेन्द्र भण्डारीका अनुसार चोरिएकाभन्दा हराएका मोबाइल खोजीका निम्ति धेरै उजुरी पर्ने गरेका छन् ।

    मोबाइल किन भेटिदैनन् त ?
    भण्डारीका अनुसार केही अघिसम्म चोरिएका वा हराएका मोबाइल व्यक्तिले नै प्रयोग गर्थे र प्रहरीले कल लोकेसन कल डिटेलका आधारमा मोबाइल पत्ता लगाउँथ्यो। भण्डारीले भने, ‘हिजोआज चोरिएको वा भेटिएका मोबाइल फिर्ता गर्नुपर्ने डरले मोबाइल पसलहरुमा वा अनलाइनमार्फत बिक्रि गर्ने चलन बढेको छ।’

    यसरी पसलमा बेचिएका मेबाइलको धने पाटपुर्जा निकालेर बेचिन्छ भने अनलाइनमार्फत बिक्री भएका मोबाइल प्रहरीले फेला पारेपनि कसले भेटाएर वा चोरेर अनलाइनबाट बिक्री गरेको हो पत्ता लाग्दैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij