बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

शिवरात्रिपछि सैनिक अस्पतालको सेवा सुरु, सर्वसाधारणलाई सेवा नदिने

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३



  • काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी १३ फागुनदेखि सर्वसाधारणले पनि वीरेन्द्र सैनिक अस्पतालबाट उपचार सेवा पाउने घोषणा गरे पनि आवश्यक तयारी थालिएको छैन । तयारी सुरु नहुँदा सरकारी घोषणा कार्यान्वयनमा नआउने देखिएको छ ।

    सैनिक अस्पताल स्रोतले पनि १३ फागुनदेखि सर्वसाधारणलाई सैनिक अस्पताल खुला गर्न नसकिने जनाएको छ । विनातयारी सस्तो लोकप्रियताका लागि अभिव्यक्ति दिँदा समस्या देखिएको जानकारहरूले बताएका छन् । रक्षामन्त्री बालकृष्ण खाण र स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघि संयुक्त रूपमा सैनिक अस्पतालको भ्रमण गरेपछि महाशिवरात्रिदेखि सर्वधारणका लागि अस्पताल खुला गर्ने जनाएका थिए । तर, त्यसपछि आवश्यक तयारी भने सुरु गरिएको छैन ।

    प्रस्ताव पठाउने तयारी : नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले आर्थिक व्यवस्थापनलगायतका विषयलाई समेटेर सर्तसहितको प्रस्ताव रक्षा मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिए । कार्कीले सर्वसाधारणका लागि अस्पतालमा छुट्टै ढंगको संरचना, समय र संख्या तोकिने बताए । प्रक्रियागत ढंगले अगाडि नबढेपछि अस्पतालबाट सेवा लिन सर्वसाधारणलाई झन्झट हुने भन्दै कार्कीले यस विषयमा समयमै सचेत हुन सबै पक्षलाई आग्रह गरे ।

    उनले सैनिक कल्याणकारी कोषमार्फत अस्पताल सञ्चालन रहेकाले सैनिक परिवार र सर्वसाधारणलाई एकै ठाउँबाट सेवा दिँदा समस्या हुने धारणा पनि राखे । कार्कीले सैनिक अस्पतालमा अहिले लगभग सयजना डाक्टर कार्यरत रहेको भन्दै यही जनशक्तिले सर्वसाधारणलाई सेवा दिन कठिनाइ हुने बताए ।

    पहुँच दिँदा समस्या : रक्षामन्त्रीका निजी सचिव नरेन्द्र केसीले अस्पताल सर्वसाधारणका लागि खुलाउन समस्या रहेको बताए । ‘सेनाका पूर्वकर्मचारी र बहालवालाका परिवारजन पनि सर्वसाधारण जनता नै हुन् । उनीहरूको उपचार व्यवस्थापनमा समेत जटिलता देखिएको छ । यस्तोमा सबैका लागि खुला गराउनु हरेक हिसाबले चुनौतीपूर्ण छ,’ केसीले भने । सैनिक अस्पतालमा प्रत्येक दिन सरदर एक हजार बिरामीले सेवा लिँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij