आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालकदेखि वृद्धसम्म आगोमा यसरी होमिए

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • भक्तपुर – आठवर्षका बालकदेखि ८५ वर्षका वृद्धसम्म सयौँ भारी दाउराको आगोमा नाचेर तान्त्रिक बिद्याको शक्तिलाई भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–६ सिरुटारका ६५ घर राउत परिवारले सावित गरेका छन् ।

    कुल देवताका रुपमा यहाँका वशिष्ठ गोत्रका राउत परिवारले मान्दै आएका विन्ध्यवासिनी, बाह्रभान्जा र सहिक्षेत्रपालका नयाँ डाङ्ग्रे तयार गर्न दुई महिनादेखि गुरुको तान्त्रिक विद्यामार्फत गरिएको प्रयास सफल भएपछि विधिअनुसार मंगलबार आगोमा नचाएर खलि खुवाउने कार्य सम्पन्न गरिएको हो ।

    धामी गुरुले तान्त्रिक विधिद्वारा कुलदेवताको आह्वान गरी यहाँका राउत परिवारको पुरुषको शरीरमा कुलदेवता चढाउने कार्य सफल भएपछि आगोमा नचाएर खली खुवाउने कार्य सम्पन्न गरिएको डाङ्ग्रे हरिशरण राउतले बताए ।

    विसं २०१३ मा यसैगरी आगोमा नाचेर खली खुवाए पछि निरन्तर रुपमा कुलपूजा (दिवाली) का दिनमा शरीरमा कम्पन गराई कुलदेवता मान्दै आएको परम्परालाई ६० वर्षपछि खली खुवाएर ८ जना नयाँ डाङ्ग्रे तयार पारिएको उनले बताए ।

    तत्कालीन अवस्थामा दुईजना डाङ्ग्रे रहेकामा हाल ८५ वर्षका रत्नबहादुर (शिवराम) राउत मात्रै रहेको र उहाँको वृद्ध अवस्था भएकाले नयाँ डाङ्ग्रे तयार पारिएको स्थानीय प्रकाश राउतले बताए ।

    कुलदेवता मानवको शरीरमा प्रवेश गरेपछि आगोमा नाच्दा पनि नपोल्ने विश्वास अनुसार बालकदेखि बृद्धसम्मले आगोमा नाचेर खलि खुवाउने परम्परालाई धानेका हुन् ।

    कुलपूजामा कुलको जिम्मा लिन तयार हुने व्यक्तिलाई डाङ्ग्रे भन्ने गरिन्छ । यसो गरेमा कुलभित्र शान्ति हुने, अनिष्ट नहुने, नराम्रो हुनेलाई कुलपूजामा डाङ्ग्रेले सचेत गराउने र कुलदेवतालाई मान्दा प्रगति हुने विश्वास छ ।

    काठमाडौँ सितापाइलाका गुरु दुर्गाप्रसाद सुवेदीले दुई महिना लगाएर यहाँका हरिशरण, निर्मल, दिपेश, सुकदेव, दिपेन्द्र, उत्तम, निरन्जन र निरज राउतको शरीरमा कुलदेवता प्रवेश गराएपछि नयाँ डाङ्ग्रे तयार भएको राउतले बताए ।

    एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा अझै पनि तान्त्रिक शक्ति रहेको छ भन्ने विश्वासलाई यस्ता परम्पराले प्रमाणित गरेको छ । ब्राम्हण, क्षेत्रीलगायत विभिन्न समुदायका बासिन्दाले पनि आफ्नो कूल गोत्रमा कोही अकाल मृत्यु भएमा, कुल बिगे्रमा वायु उतारेर खली खुवाउँदै उनीहरुलाई मोक्ष गर्ने परम्परासमेत रहँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij