बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तौलिहवा–गोरुसिंगे सडक निर्माण अन्तिम चरणमा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • कपिलवस्तु । तौलिहवा–गोरुसिंगे पक्की सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १४ किलोमिटर लामो सडक यही चैत महिनाभित्रै निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालय कपिलबस्तुले जनाएको छ ।

    प्रमुख राजमार्गदेखि सदरमुकाम तौलिहवा सम्म पुग्ने सबैभन्दा छोटो दुरीको यो सडक पक्की भएपछि २० मिनेटमा गोरुसिंगे देखि तौलिहवा पुग्न सकिन्छ । सडक निर्माण सम्झौता अनुसार ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने भएपनि १८ महिनामै सडक निर्माण सम्पन्न हुन लागेको सडक डिभिजन कार्यालय कपिलबस्तुका सव–इन्जिनियर शान्तनु झाले बताए । ‘कुनै अवरोध नआए चैत १५ भित्रै काम सम्पन्न हुन्छ’ उनले भने ।
    ५ दशमलव ५ मिटर चौडा पक्की र साईट सोल्जर गरी ७ मिटर चौडा सडक रहेको छ । सो सडकमा गिट्टी बिछ्याउने बेसको काम र प्राईम कोर्डको काम संपन्न भईसकेको छ । त्यसमध्ये करिब ७ किमि डिबिएसटी प्रबिधिको पक्की सडक निर्माण कार्य समेत पुरा भएको छ । निर्माण कम्पनी भैरव कन्ट्रक्सन प्रालि, काठमाडौंले ठेक्कापाएको उक्त सडक निर्माणको कुललागत ९ करोड १६ लाख रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij