बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चार दिनदेखि स्वास्थ्यकर्मी धर्नामा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काभ्रे  । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ बमोजिम पदस्थापन गर्नुपर्ने माग राख्दै काभ्रे जिल्लाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा बसेका छन् ।

    स्वास्थ्यकर्मी धर्नामा बस्दा आपत्कालीनबाहेक अन्य सेवा पूर्ण रुपमा ठप्प भएको छ । देशव्यापी रुपमा स्वास्थ्यकर्मीले ऐन कार्यान्वनको माग राख्दै झन्डै दुई महिनादेखि आन्दोलन गरिरहेको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ काभ्रेका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए । स्वास्थ्यकर्मीको माग तत्काल पूरा नगरे सम्पूर्ण सेवा ठप्प गर्ने उनले जानकारी दिए ।

    स्वास्थ्यकर्मीको आन्दोलनका कारण जिल्ला जनस्वास्थ्य कार्यालयको प्रशासनिक काम प्रभावित भएको कार्यालयका तथ्याङ्क अधिकृत जनार्दन न्यौपानेले बताए । स्वास्थ्यकर्मीकै आन्दोलनका कारण आवश्यक सामग्रीको आपूर्ति समेत रोकिएको छ । धर्नाकै कारण जिल्लाबाट केन्द्रमा जाने प्रतिवेदनसमेत रोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij