आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं–निजगढ द्रुतमार्ग समयमै सम्पन्न गर्ने सरकारी प्रतिवद्धता

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काठमाण्डौ । सरकारले काठमाडौं निजगढ द्रुतमार्ग आयोजना निर्माण कार्य समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आयोजनको काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    व्यवस्थापिका संसदको लेखा समितिको बुधबारको बैठकमा आयोजनाको हालसम्म भएको कार्य प्रगति विवरणबारे जानकारी गराउँदै मन्त्री लेखकले सरकार आयोजनाको कामलाई तीव्र गतिमा अघि बढाउन लागि परेको स्पष्ट पारे । मन्त्री लेखकले भने ‘स्वदेशी लगानीमै निर्माण गर्ने अघिल्ला सरकारको निर्णय र संसदीय समितिले दिएका निर्देशनको आधारमा आयोजनाको काम अघि बढिरहेको छ ।’
    बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले आयोजनको काम समयमै सम्पन्न गर्न सरकार तयार लागि परेको बताए । उनले आयोजनाको काम सम्पन्न गर्न एकवर्ष मात्रै ढिलाभए १४ अरव लागत बढनेमा

    सरकार सचेत रहेको उल्लेख गरे ।
    आयोजनाका प्रमुख सत्पेन्द्र शाक्यले आयोजनाले हाल जग्गा अधिग्रहणको कामलाई तीव्र गतिमा अघि बढाएको बताए । उनले आयोजना निर्माणका लागि यसवर्ष १० अरव बजेट निकासा भएको र सोही अनुसार सडक सुधार र विस्तारका लागि टेन्डर आह्वान प्रक्रिया अघि बढाइएको पनि स्पष्ट पारे । शाक्यले जग्गा अधिग्रहणको काम करिव ९३ प्रतिशत सकिएको र त्यसका लागि थप ५ अरव बजेट आवश्यक पर्ने समेत जानकारी गराए ।

    बैठकमा बोल्दै समितिका सदस्यहरुले आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिका सदस्य समेत रहनु भएका पूर्व अर्थमन्त्री विष्णु पौडेलले आयोजना निर्माणको काम काजगमा मात्रै अघि बढाइएको भन्दै सरकारको आलोचना गर्नु भयो । समितिका अर्का सदस्य राजेन्द्रकुमार केसीले आयोजनाको विस्तृत अध्ययण प्रतिवेदन तयार गर्नका लागि १ सय १२ अरव लागत लाग्ने निर्णयमा पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    समितिले आयोजनाको हालसम्मको प्रगति विवरणबारे सम्बन्धित निकायसँग छलफल गरेको हो । बैठकमा समितिका सभापति डोरप्रसाद उपाध्यायले आयोजनाको निर्माणका लागि जग्गा अधिग्रहणको विषयमा विभिन्न उजुरी परेको र त्यस सम्बन्धमा पनि छलफल गरी आवश्यक निर्णय लिने बताए । काठमाडौं निजगढ दु्रतमार्ग राष्ट्रिय गौरवको आयोजना हो । सरकारले यो आयोजनालाई स्वदेशी लगानीमै सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij