बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जथाभावी गर्ने व्यवसायीलाई जेल हाल्नुपर्छ : सचिव राई

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३



  • काठमाडौ । आपूर्ति सचिव प्रेमकुमार राईले उद्योगी व्यवसायीहरुले राज्यलाई नै बन्दी बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । सचिव राईले अत्यावश्यक क्षेत्रमा समेत बन्द, हडताल, धर्ना गर्ने व्यवसायीलाई जेल हाल्ने व्यवस्था गर्नुपर्ने माग समेत गरेका छन् । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बुधबारको बैठकमा बोल्दै सचिव राइले इन्धन ढुवानी ठप्प पारेर टयांकर व्यवसायीहरु विरोध प्रर्दशनमा उत्रिएकोप्रति आपत्ति जनाउँदै त्यसविरुद्ध राज्य कडा रुपमा प्रस्तुत हुने बेला आएको बताए ।
    सचिव राइले राज्यलाई निरिह बनाउन इन्धन ढुवानी व्यवसायीहरुले अनेक माग राख्ने गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । टयांकर व्यवसायीहरुले ढुवानीको सबै व्यवस्था आफूहरुले मात्रै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन । उनीहरुले यातायात ऐन प्रतिकूल हुने गरी इन्धन ढुवानीको सबै काम आफैले पाउनुपर्ने माग राखेर अत्यावश्यक बस्तुको सेवा प्रवाह हुन नदिई राज्यलाई कम्जोर बनाउन खोजेको सचिव राईको भनाई छ ।
    सचिव राईले टयांकर व्यवसायीहरुले यातायात ऐनको खिल्ली उडाउँदै २० वर्ष नाघिसकेका टयांकरहरुबाटै इन्धन आपूर्ति गर्न पाउनुपर्ने माग राखेर सरकारलाई असफल बनाउन खोजेको भन्दै त्यसविरुद्ध राज्य कडा रुपमा प्रस्तुत हुने व्यवस्था गर्न पनि समितिका सदस्यहरुको ध्यानाकर्षण गराए । इन्धन टयांकर व्यवसायीहरुले २० वर्ष नाघी सकेका टयांकरबाटै ढुवानी गर्न पाउनेपर्ने माग राख्दै आपूर्ति व्यवस्था ठप्प पारिरहेका छन् ।
    सचिव राईले इन्धन ढुवानी व्यवसायीहरुले ग्याँस आपूर्तिका लागि ७ सय ७५ वटा बुलेट खरिद गरेपनि त्यसको संचालनका लागि भारत सरकारले स्वीकृति नदिएको पनि जानकारी दिए । भारतीय विष्फोटक ऐनमा ग्यास आपूर्तिका लागि खरिद गरिएको बुलेट प्रयोग गर्न योग्य रहेको प्रमाणिकरण कागजात व्यवसायीहरुले पाउनुपर्ने व्यवस्था गरिएको छ । तर भारत सरकारले सो ग्यास बुलेटको प्रमाणीकरणको कागजात हालसम्म पनि उपलब्ध नगराएको आपूर्ति मन्त्रालयले जनाएको छ । सचिव राईले भारत सरकारसँग सो प्रमाणिकरणको कागजात उपलब्ध गराउन माथिल्लो निकायबाटै पहल हुनुपर्ने अवस्था आएको पनि उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij