प्रकाशित मिति : बुधबार, फाल्गुन ११, २०७३
जनकपुर । बैदेशिक रोजगारीको शिलसिलामा १५ बर्ष पहिले खाडी मुलुक गएका धनुषाका एक व्यक्ति सम्पर्कविहीन छन् । धनुषाको ठिल्ला भठिहन ४ का ३८ बर्षिय मोहम्मद आलिम राईन १५ बर्ष देखि सम्पर्क बिहीन रहेको उनका बुवा मो.सैरुल मियाँले जनाएका छन् ।
महोत्तरी अध्यानपुरका दुई एजेन्ट जैनुल राईन र सैदुल राईनमार्फत १५ बर्ष अघि साउदी स्थित तमिमि कम्पनीमा काम गर्न राईन बिदेशिएका थिए । गरिब एवंम विपन्न परिवारका राईनको ४ सन्तान छन् । राईन सम्पर्क बिहिनभएपछि उनका आमा र एक छोराको ७ बर्ष पहिले नै मृत्यु भइसकेको छ ।
उनका बुवा सैरुल मियाँले छोरो खोजीदिन आग्रह गरेका छन् । उनले पत्रकार, मानव अधिकारकर्मी लगायतसँग छोरा पत्ता लगाईदिन आग्रह गरेका छन् । मियाँ आफु पढेलेखेको नभएकाले केही थाहा नभएको भन्दै बिदेश पठाउने एजेन्टलाई भन्दा धम्काउने गरेको गुनासो गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij