प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३
फेब्रुअरी २३ मा विश्वमा भएका मुख्य घटना:
१९५४ – अमेरिकी राज्य पेन्सिल्भेनियाको आर्सनल एलेमेनट्री स्कुलका विद्यार्थीलाई विश्वमै पहिलोपटक सामूहिक रुपमा पोलियो खोप लगाइएको थियो ।
१८२१ – बेलायतका चर्चित कवि जोन किट्सको २५ बर्षको उमेरमा क्षयरोगका कारण निधन भएको थियो ।
१८४८ – अमेरिकाका छौटौं राष्ट्रपति जोन क्विन्सी एडम्सको ८० बर्षको उमेरमा निधन भएको थियो ।
१८८७ – भूमध्य सागरको तटीय मुलुक फ्रान्सको दक्षिणी र इटालीको दक्षिणी भूभागमा ६ म्याग्निच्युडको भूकम्प जाँदा झन्डै दुई हजारको ज्यान भएको थियो ।
१९५८ – अर्जेन्टिनाका फर्मुला वन रेसिङ बिजेता हुवाँ म्यानुयल फयान्जियो क्युबाली नेता फिडेल क्यास्ट्रो नेतृतवको विद्रोही समूहद्वारा अपहृत भएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij