मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मृगौला पत्थरीका बिरामीले खान नहुने कुरा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १२, २०७३



  • अपरेसन गरेपछि होस् या ओपीडीबाट फर्केपछि बिरामीले डाक्टरलाई के खानु हुन्छ, के खानु हुन्न भनेर प्रश्न सोध्ने गर्दछन् । यसै प्रश्नका आधारमा रोगको प्रकृति हेरेर डाक्टरले समाधन पनि दिने गर्दछन् ।

    कुनै पनि रोगबाट बच्न अथवा फेरि त्यो रोग लाग्नबाट जोगिनका लागि खानाले पनि विशेष भूमिका खेल्ने गर्दछ । मिर्गौलाको पत्थरी हुनेले खान हुने र नहुने बारेमा सबैलाई जानकारी भएको राम्रो हो । यसको सबैभन्दा नराम्रो पक्ष के छ भने मृगौला पत्थरी उपचार गर्नेहरुमध्येका ५०% मानिसलाई १० वर्ष भित्रमा पुनः पत्थरी हुने गरेको तथ्याङ्क पाइन्छ । यसो हुनु खानपानकै असावधानीले हो । यसर्थ ‘रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस्’ मानिन्छ । अतः बिरामीलाई यो रोग लाग्न बिरामी तथा चिकित्सक दुवै ध्यान दिन जरुरी छ ।

    अहिलेको अवस्था
    चिकित्सकको हकमा 
     चिकित्सकको मुख्यध्यान बिरामीको शल्यकृया र कसरी बिरामीलाई सकुशल घर पठाउन सकिन्छ भन्नेमा जान्छ ।
     कतिपय चिकित्सकले यस पाटोलाई खासै प्राथमिकता नदिएको जस्तो लाग्छ ।

    बिरामीको हकमा 
     धेरै बिरामीलाई त पत्थरी निकालिसकेपछि पनि फेरि पत्थरी हुन्छ भन्ने ज्ञान हुँदैन ।
     कति बिरामीले डाक्टरको सही सल्लाह पाउँदैनन् ।
     सल्लाह पाए पनि धेरैले यसलाई खासै महत्व दिँदैनन् ।
     अरु थप खर्च गर्न त्यतिको उत्साहति हुँदैनन् ।

    गर्नुपर्ने चाहिँ के हो ?
     मृगौला या मूत्रनलीमा बनेको ढुङ्गा निकालेपछि त्यसको वैज्ञानिक परीक्षण गर्नुपर्छ । वैज्ञानिक परीक्षणका ३ तरिका छन् । तीमध्ये केमिकल एनालाइसिस वेट केमेस्ट्रि विधिको खासै महत्व छैन, जुन नेपालमा हुन्छ । बिरामीको मृगौलाबाट पत्थर निकाले पछि २४ घण्टाको पिसाब जम्मा पारेर कम्तीमा २ चोटी परीक्षण गर्नुपर्छ । त्यसपछि मात्र के खानु हुन्छ र के खानु हुन्न भन्ने सवालको जवाफ दिन सकिन्छ । यी कामहरु झन्झटिला र खर्चिला पनि छन् । त्यसैले यी काम गर्न न त बिरामीहरुसँग धैर्य र पैसा नै बाँकी हुन्छ न चिकित्सकसँग आवश्यक समय नै । तर यो परीक्षण गरी खानाका बारेमा जानकारी लिएमा पुनः पत्थरी हुने सम्भावना कम हुन्छ ।

    खानेकुरा र पत्थरीको सम्बन्ध
    माथि भनिएको जाँचहरु पछि पत्थरीको प्रकृति र पत्थरी हुने कारण पत्ता लगाएपछि मात्र यससम्बन्धी जानकारी दिन सकिन्छ । नेपालका पत्थरीका बिरामीहरुमा पाइने पत्थरी यसप्रकारका छन् :
     ओक्जालेट पत्थरी
     इस्त्रुभाइट पत्थरी
     युरिक एसिडपत्थरी

    १. ओक्जालेट पत्थरी
    यो धेरैजसो बिरामीहरुलाई हुने पत्थरी हो । रातो मासु, बदाम, चकलेट, रुबर्ब, चुकदर, गेडागुडी, पालक आदि खाने कुराहरुमा ओक्जालेट हुनेगर्दछ । तर यी खानेकुराहरु खानै नहुने भन्ने हैन । यी खानेकुराहरु कम खानुपर्छ र यी खानेकुरा खाँदा क्यालसियम भएको खानेकुरासँग खानुपर्छ । जसले गर्दा मृगौलामा यीतत्वको मात्र कम हुन्छ । कुनै कारणले भिटामिन सीको सेवन गरेको छ भने यसलाई रोके राम्रो हुन्छ ।

    इस्त्रुभाइट पत्थरी
    यस खालको पत्थरी विशेषगरी महिलाहरुमा हुने गर्छ । पिसाबको सङ्क्रमणसँग यसको सम्बन्ध हुन्छ । प्रोटस जातको किरले हुने पिसाबको सङ्क्रमण पटक पटक हुँदा यस्तो किसिमको पत्थरी हुनसक्छ । यस्तो पत्थरी पटक पटक हुनसक्छ । त्यसैले उपचार गर्दा पत्थरी पूरै निकाल्नुपर्छ र पिसाबको सङ्क्रमण हुनबाट बच्नुपर्छ ।

    ३. युरिक एसिड पत्थरी
    यस्तो प्रकारको पत्थरी भएमा शरीरमा युरिक एसिड बढाउने खालका खाना कम हुनुपर्छ । यी खानेकुरामा रातोमासु (राँगा, खसी, बुङगुर, सुँगुर आदि) पर्दछन् । यस्तै गेडागुडी मदिरा, गुलियो र चिल्लोका मात्रा पनि कम गर्नुपर्छ ।

    कहिलेकाहीँ चिकित्सकको सल्लाह अनुसार युरिक एसिड कम गर्ने औषधि पनि खानुपर्छ ।

    पिसाबमा एसिडिटीको महत्व 
    कुनै पत्थरहरु एसिडिक वातावरणमा बन्दछन् ः । जस्तै अक्जालेटा, युरिक एसिड सिस्टम आदि । कुनै चाहिँ अल्काइन क्षारिय वातावरणमा बन्दछन् । त्यसैले पत्थरीको जात पत्ता लगाई खानपिनमा परिवर्तन गर्नु पर्छ । जस्तैः एसिड वातावरणमा बन्ने पत्थरी भएमा पिसाब अल्काइन बनाउने खानेकुरा अथवा औषधी खानुपर्छ तर क्षारीयमा बन्ने पत्थरी भएमा अम्लीय बनाउनुपर्छ ।

    बिरामीले कति पानी पिउनु पर्छ
    सबै चिकित्सकहरुले पत्थरी भएका बिरामीले धेरै पानी खान सल्लाह दिन्छन् तर धेरैजसो बिरामीलाई पानी कति खानुपर्छ भन्ने ज्ञान हुन्न । त्यसैले कति पानी चाहिँ ‘धेरै पानी’ हो तर पानी कति खाने भन्ने कुरा बिरामी बस्ने वातावरण, उसको पेसा अनि दैनिक क्रियाकलापमा भर पर्छ । गर्मी ठाउँमा काम गर्ने किसान अनि एयस कन्डिसनमा बसेर काम गर्ने व्यक्तिले खानुपर्ने पानीको मात्रा एउटै हुँदैन । सामान्यतया गर्मी मौसममा ३ देखि ४ लिटर अनि जाडोमा २ देखि ३ लिटर पानी (झोल पदार्थ) पिउनुपर्छ । यसलाई नाप्ने अर्को उपाय भनेको पिसाब हो । बिरामीले पिसाब पानीजस्तो सङ्ग्लो अनि गन्दरहित नआएसम्म पानी खानुपर्छ । अनि धेरै पानी पिउँदैमा राम्रो हुन्छ भन्ने पनि छैन । कसैकसैलाई ८–१० लिटर पानी पिउने गरेको पाइन्छ । यति धेरै आवश्यक छैन । अत्यधिक कसरत, व्ययाम अथवा खेलकुदको बेला निस्किने पसिनाले गर्दा पिसाब कम आउने अनि बाक्लो पिसाब बन्छ । यस्तो बेलामा पत्थरी हुने सम्भावना बन्छ । त्यसैले व्ययाम गर्ने बेला प्रशस्त पानी खानुपर्छ ।

    खानेकुराहरु बार्ने
    सामान्यतया चिकित्सकहरुले सबै पत्थरीका बारेमा बिरामीहरुलाई एकैनासे सल्लाह दिने गर्छन् तर यो सही तरिका हैन ।

    नुन कम खाने
    बिरामीहरुमा देखिने विभिन्न पत्थरीहरुमा क्याल्सियम पनि मिसिएर आएको हुन्छ । यस्ता बिरामीहरु नुन धेरै खाएमा क्याल्सियमको मात्रा मृगौलामा बढी देखिन्छ । त्यसैले यी पत्थरीहरु दोहोरिएर देखापर्ने या यसको आकार बड्ने हुन्छ । सही मात्रामा क्याल्सियमजन्य खानेकुरा खानुपर्छ । यसले ढुङ्गा बढ्न दिँदैन र बच्न मद्दत गर्छ्र । त्यसैले पत्थरी भएका बिरामीले दूध खान छाड्नु हुँर्दैन । सही मात्रामा क्याल्सियमजन्य खानेकुरा खानुपर्छ । त्यसैले ढुङ्गा बढ्नुको साटो यसबाट बच्न मदत गर्छ ्रत्यसैले ढुंगा भएका बिरामीले दुध खान छाड्नु पर्दैन  |

    कागती पानी पिउने
    यस्ता फलफूलमा सिट्रेट नामको तत्व हुन्छ । जसले मृगौलामा पत्थरी बन्ने प्रकृयालाई रोक्छ । त्यसैले एक पल्ट पत्थरी भइसकेको बिरामीले फेरि पत्थरी नहोस् भनेर यी फलहरु खानु अत्यन्त जरुरी हुन्छ । कागती, सुन्तला, जुनार, भोगटे आदि फलफूलहरु पत्थरी बिरामीले खानुपर्छ ।

    क्यालसियमयुक्त खाना नखाने
    धेरै जातका पत्थरीहरुमा क्यालसियम हुन्छ त्यसकारण चिकित्सक या बिरामीले क्यालसियम भएका खानेकुरा नखाने गर्दछन् । वास्तवमा क्यालसियम अरु पत्थरी बन्ने तत्वसँग मिलेर पत्थरी बन्ने प्रकृया रोक्छ । त्यस कारण क्यालसियम भएका खानेकुरा खानुपर्छ ।

    मधुमेह, मोटोपन, कोलेस्टोरलका बिरामी सतर्क हुनुपर्छ :
    पश्चिमा मुलुकहरुको जीवनशैली र खानपानको अनुसरण गर्नाले हाम्रो समाजमा पनि यस्ता रोगहरु बढिरहेका छन् । यी बिरामीहरुले अरु खराबी त गर्छन नै, यसको साथसाथै मृगौलाको पत्थरी हुने सम्भावना पनि बढिरहेको हुन्छ । त्यसैले मोटोपनलाई सही ठाउँमा राख्ने अनि स्वास्थ्य खानपिन अपनाउनु अत्येन्तै जरुरी छ ।

    खानेकुराबाहेक ध्यान दिनुपर्ने कुरा
    बिरामीलाई एकपल्ट मृगौलाको पत्थरी भएपछि उसलाई जिन्दगीभर यो रोग बल्झने सम्भाभना हुन्छ । त्यसैले उसले सधैँ आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ । दैनिक व्यायामको साथै पिसाबको सङ्क्रमणबाट बच्नु जरुरी छ । यो तथ्य महिलाहरुमा झन् धेरै मात्रामा लागू हुन्छ ।

    घरेलु उपाय
    हाम्रो समाजमा अझै पनि मृगौलाको पत्थरीको उपचार गर्न गहतको दाल, मकैको जुँगा, नीमको पात, अदुवा तथा विभिन्न जरिबुट्टीको सेवन गर्ने चलन छ । यस्तो उपचार पद्धतिले ढुङ्गा झरेको तथा पगालेको कुनै वैज्ञानिक आधार छैन तर बिरामीहरु यसमा अल्झिएर चिकित्सक कहाँ ढिला पुगेको चाहिँ प्रशस्त उदाहरणहरु छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij