मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पशुको स्वास्थ्य चेकजाँच

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • कमल खड्का , रसुवा । अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको आर्थिक सहयोगमा नुवाकोटको सामरी, खड्गभञ्ज्याङ र बुधसिङ गाँउ बिकास समितिमा २ दिन सम्म सञ्चालन भएको पशु शिबिरमा करीब १५ सय घरधुरीका नागरिकह्रुले आफ्नो पशुको स्वास्थ्य चेकजाँच गरेका छन् । अभियानमा सहभागी भएका पशुहरुलाई नाम्लेको औषधि र भिटामिन बितरण गरेको सहायता सामाजिक संस्थाले जनाएको छ ।

    सामरी गाँउ बिकास समिति ४ वटा बितरण केन्द्र, बुधसिङ गाँउ बिकास समितिमा ५ बितरण केन्द्र र खड्गभञ्ज्याङ गाँउ बिकास समितिमा ५ वटा बितरण केन्द्र मार्फत २ दिन सम्म् नाम्लेको औषधि र भिटाकिन बितरण गरेको थियो ।

    भुकम्प पछी नागरिकहरुको जिबनस्थर उकास्नको लागी अक्सफामको सहयोग सहायता सामाजिक संस्थाले बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको नारायण अधिकारीले बताउनु भयो ।

    २ दिन सम्म सञ्चालन गरेको पशु स्वास्थ्य अभियानको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जिल्ला पशु सेवा कार्यालय नुवाकोटका प्रमुख खगेन्द्र भट्टले समुदायमा सञ्चालीत पशु सँग सम्बन्धित क्रियाकलापहरुले स्थानिय नागरिकह्रुमा टेवा पुगेको बताउनु भयो ।

    ग्रामिण भेगका नागरिकह्रुको आय आर्जनको बाटोको रुपमा रहेको पशु ब्यबसायलाई उकास्नको लागी औषधि बितरण कार्यले सहयोग पुगेको बताउनु भयो ।

    यस्तै, कार्यक्रमलाई सम्बोधन गर्नु हुदै सहायता सामाजिक संस्थाका कार्यकारी निर्देशक बशुराम रिजालले भुकम्पका पछिको जनजिबनमा सहयोग पुराउने उदेश्यले पशुहरुलाई औषधि बितरण गरेको बताउनु भयो । पशुहरुलाई नाम्लेको औषधि र भिटामिन बितरण कार्य प्रभाबकारी भएको बताउनु भयो ।

    सहायता सामाजिक संस्थाले नुवाकोटको ३ गाँउ बिकास समितिमा कामका लागी नगद, जिबिकोपार्जन उत्थान लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij