बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

नेपालमै सकिन्छ पुस्तकका लेखक भण्डारी पाठकको कठघरामा

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • काठमाडौं । टेलिभिजन पत्रकार रोहित भण्डारीको दोश्रो पुस्तक नेपालमै सकिन्छ माथि अन्तरसम्वाद कार्यक्रम भएको छ ।  विभिन्न पेशामा आवद्ध यूवाहरु र प्रेरणादायी पुस्तक नेपालमै सकिन्छ माथि लेखक पाठकले छलफल गरेका हुन् ।

    बिहिबार अपरान्ह ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियो एफ एमका सञ्चालक दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवाहरु थिए । खनियाले मञ्चअघि रहेकाहरुलाई सुरुमै सोधे, ‘रोहितजीसँग तपाइँहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं?’ पाठकसँग लेखक, लेखकसँग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक नेपालमै सकिन्छका विषयमा केन्द्रित थियो ।

    प्रज्ञा भवन कमलादीमा जारी पुस्तक मेलाका क्रममा आयोजित अन्तरसंवादमा खनियाले लेखक भण्डारीसँग पुस्तकका विषयमा केही जिज्ञासा राखे । अनि पाठकलाई पनि जिज्ञासा राख्नका लागि आग्रह गर्दै भने–‘रोहितजी यतिबेला तपाईँहरुको कठघरामा हुनुहुन्छ, पुस्तकका विषयमा आफूलाई चित्त बुझेका नबुझेका जे जे कुरा छन् त्यो सबै भन्नोस् ।’ कुराकानी करिब एक घन्टा चल्यो । रेडियो अडियोमा खुल्दुली डटकम मार्फत स्रोताका खुल्दुली मेट्ने खनियाले एक घन्टासम्म नेपालमै सकिन्छ पुस्तकका विषयमा आफ्ना र पाठकका खुल्दुली लेखक भण्डारी समक्ष राखे ।

    पुस्तक किन लेखेकोदेखि लिएर पुस्तकमा के के छन् भन्ने सम्मका जबाफ दिएपछि लेखक भण्डारीले भने, ‘ बजारमा आइसकेको पुस्तकका विषयमा म धेरै बोल्दिन । पाठक न्यायाधीशहुनुहुन्छ , ठीक बेठीक, राम्रो नराम्रो यो सबै छुट्याउँने जिम्मा अब पाठकहरुकै हो । तर, म यति चाहिँ भन्छु —सानो लगानीमा अत्यन्तै राम्रो आम्दानी गरिरहेका, डिभी पिआर छोडेर नेपाल फर्किएका अनि नेपालमै रहेर लोभलाग्दो आम्दानी गरिरहेकाहरुका प्रेरणादायी कथा र विभिन्न सन्दर्भ समेटिएका कारण पनि पुस्तक पढिसकेपछि सबैले विश्वासका साथ भन्नुहुनेछ— हो, नेपालमै सकिन्छ । ’

    नेपालमै सकिन्छ किताव, पुस्तक मेलाहरुमा समेत राम्रो बिक्री भइरहेकोले आफू उत्साहित भएको भण्डारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij