बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

मोटरसाइकलको ठक्करले एकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • धनुषा ।  मोटरसाइकलले ठक्कर दिँदा गएराति जनकपुरमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उप–महानगरपालिका–७ बस्ने प्रेमनाथ पाण्डेका १९ वर्षीय छोरा महेश पाण्डे रहेको प्रहरीले जनाएको छ ।

    पुरोहित्याइँ कार्य गर्दै आएका उनी आफ्नो जजमानको घरमा पूजा गराउन साइकलमा सवार भई जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको बेला लक्ष्मीनिया सडकखण्डमा ज ३ प २३५९ नंको मोटरसाइकलले पाण्डेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले घाइते उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अभिनित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij