बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको सदरमुकामका यो अवस्था

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • उदयपुर । उदयपुर जिल्लाको सम्पूर्ण क्षेत्र र सदरमुकाम गाईघाटको त्रियुगा क्षेत्र अढाइ वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए तापनि जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनार क्षेत्र अझै फोहोरमुक्त हुन सकेको छैन ।

    त्रियुगा नदी क्षेत्रमा मनपरी फोहोर फाल्ने र दिसापिसाब गर्ने कार्य झन् बढ्दै गएपछि अहिले त्रियुगा नदी क्षेत्रमा झनै फोहोर र प्रदूषण बढ्दै गएको छ ।

    स्थानीयवासी रत्नप्रसाद पोखरेल भन्छन्, “त्रियुगा नगरपालिका र त्रियुगा क्षेत्र खुलादिसामुक्त क्षेत्र घोषणा गरेको झन्डै तीन वर्ष भइसक्यो तर त्रियुगा नदी क्षेत्रमा भने अझैसम्म पनि मनपरी फोहोर फाल्ने, दिसापिसाब गर्ने कार्य नियन्त्रण नहुँदा नदी क्षेत्रमा दिनानुदिन दुर्गन्ध बढ्दै गएको छ ।”

    त्रियुगा नगरपालिकाले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको र बजारका अन्य स्थानीयवासीले समेत विभिन्न वस्तु, मरेका घरपालुवा चौपाया जनावर पनि नदी किनारमा फाल्ने कार्य निरन्तर भएको हुँदा नदी क्षेत्रमा प्रदूषण बढ्दै गएको स्थानीयवासी चञ्चलाल बोट बताउँछन् ।

    त्रियु्गा नदी क्षेत्रमा दिसापिसाब गर्न नपाइने त्रियुगा नगरपालिकाले नै निर्देशन जारी गरेको भए तापनि अहिले पनि बिहान–बेलुका धेरै बजारका स्थानीयवासी नै नदी किनारमा दिसाशौच गर्न जाने र फोहोर गर्ने गरेका कारण त्रियुगा नदी किनार क्षेत्र झनै प्रदूषित बनेको स्थानीयवासी मोहर बक्स अलीले बताए ।

    त्रियुगा नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएको भए तापनि नदी क्षेत्र फोहोर तथा प्रदूषित बन्दा अहिले त्रियुगाको पानी प्रयोग गर्नसमेत समस्या भएको गाईघाट–३ प्रतिभा टोलका गोविन्द पोखरेलले बताए ।

    नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदूषण रोक्न त्रियुगा नगरपालिका, स्थानीय प्रशासन र नगरका नागरिक समाजको मुख्य दायित्व भए तापनि सम्बन्धित निकायबाट समेत यसको उचित चासो नहुँदा त्रियुगा क्षेत्र खुल्ला दिसामुक्त क्षेत्र भएर पनि फोहोर र दुर्गन्धित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

    यसतर्फ सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने अहिले यस क्षेत्रका सचेत नागरिकले आवाज उठाउन थालेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij