बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

शिवरात्री विशेषः यी १२ पापलाई भगवान शिवले कहिले माफी दिँदैनन्

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३



  • भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ ।

    शिव पुराणः

    शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् । यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ ।

    सोचमार्फत गरिने पापः

    तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।

    अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ ।

    अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

    कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् ।

    राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ ।

    बोलीद्वारा गरिन् अक्षम्य पापः

    शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ । विशेषगरी यी तीन अवस्थामाः

    कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

    कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।

    समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो ।

    शिवका लागि अक्षम्य पाप कार्यः

    तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः

    धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।

    बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ ।

    गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।

    गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन ।

    रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij